१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

एमाले अदालत खुल्नासाथ संसद् पुनर्स्थापनाका लागि अदालत जाने



काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने भएको छ । भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले अदालत खुल्नासाथ अदालत जाने निर्णय गरेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने निष्कर्षमा एमाले पुगेको जानकारी दिए। उनले संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय भएको जानकारी दिए । प्रतिनिधि सभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको एमालेको ठहर छ।

मध्यान्ह १२ बजेदेखि भक्तपुरस्थित अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा ९ घन्टा बसेको बैठकले लोकतन्त्र पक्षधरबीच मिलेर सयुंक्त आन्दोलनका लागि आह्वान गर्ने निर्णय भएको पनि ज्ञवालीले बताए ।

संविधान जोगाउन लोकतान्त्रिक दल मिलेर एक पटक आन्दोलन गर्नुपर्ने निष्कर्ष निकाल्दै लोकतन्त्र पक्षधर दललाई आह्वान गर्ने निर्णय गरेको उनले बताए।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १० : ०१ बजे

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक