जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदैछन् ।
सिंहकै जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलहरुले उनलाई दिएको समर्थन फिर्ता लिएपछि सिंहले आज विश्वासको मत लिन लागेका हुन् ।
दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
आफुले विश्वासको मत नपाउने निश्चित भए पनि प्रदेशसभामा आफ्ना कुरा राखेर रेकर्ड दर्ता गराउन मत लिन लागेको सिंहले बताएका छन् ।


















प्रतिक्रिया