२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रचण्डविरुद्ध भ्रम फैलाएको अभियोगमा वाइसिएल र क्रान्तिकारीद्वारा साइबर ब्यूरोमा उजुरी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का दुई प्रमुख जनसंगठन—युवा सङ्घ वाइसिएल नेपाल र अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सामाजिक सञ्जालमार्फत गलत सूचना र भ्रम फैलाएको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छन्।

बुधबार भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोमा बुझाइएको ज्ञापनपत्रमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले प्रचण्ड र माओवादी केन्द्रलाई लक्षित गर्दै ‘घर जलाएको’ र ‘दुई ट्रकमा दुई करोड रुपैयाँ लुटिएको’ भन्ने झूटा प्रचार गरेको दाबी गरिएको छ।

वाइसिएल अध्यक्ष पुष्प ओली र अखिल (क्रान्तिकारी)का अध्यक्ष विजय प्रकाश सापकोटाको संयुक्त हस्ताक्षर रहेको सो ज्ञापनपत्रमा ती दुवै व्यक्तिमाथि साइबर अपराध अन्तर्गत कानूनी कारबाही गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा वाइसिएल अध्यक्ष ओलीले माओवादी पार्टी विधिको शासनमा आस्था राख्ने भए पनि निष्पक्ष छानबिन नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका थिए। उनले भने, “हामी हतियारविहीन सेना हौं, आज पनि सयौँ साथीहरूले शरीरमा गोलीका छर्रा बोकेका छन्। हजारौँको बलिदानबाट आएको यो व्यवस्था गणतन्त्रविरोधीहरूले मेटाउन खोजिरहेका छन्, तर वाइसिएल अब मौन बस्दैन।”

त्यस्तै वाइसिएल उपाध्यक्ष हरि ढकालले हालको जेनेजी आन्दोलन रूपान्तरणको आन्दोलन भएको बताउँदै माओवादी त्यसमा स्पष्ट रूपमा समर्थनमा रहेको उल्लेख गरे। उनले भने, “नेताहरूमा जस्तै प्रहरी संगठनभित्र पनि रूपान्तरण आवश्यक छ। यदि प्रहरी पुराना अधिकारीहरूलाई जोगाउने खेलमा लागे भने वाइसिएल चुप बस्दैन।”

साइबर ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवीन्द्र आर्यालले उजुरी ग्रहण गर्दै सत्यतथ्यका आधारमा निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “विधिको शासन कायम राख्दै कुनै कसुर बाँकी नराखी अनुसन्धान अघि बढाइनेछ, र कसैलाई अन्याय गरिँदैन।”

वाइसिएल र अखिल (क्रान्तिकारी)ले जारी गरेको केन्द्रीय सर्कुलर अनुसार आज देशका सबै प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयहरूमा पनि सोही विषयमा ज्ञापनपत्र बुझाइएको छ। दुवै संगठनले भ्रम फैलाउने गतिविधिबाट सचेत रहन युवाहरू र विद्यार्थीहरूलाई आग्रह गर्दै भनेका छन्, “सत्यलाई तोडमोड गरेर भ्रम फैलाउने कुनै पनि प्रयास सह्य हुनेछैन, आवश्यक परे सडकमा प्रतिवाद गरिनेछ।”

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : ५८ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास