१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

प्रचण्डविरुद्ध भ्रम फैलाएको अभियोगमा वाइसिएल र क्रान्तिकारीद्वारा साइबर ब्यूरोमा उजुरी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का दुई प्रमुख जनसंगठन—युवा सङ्घ वाइसिएल नेपाल र अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सामाजिक सञ्जालमार्फत गलत सूचना र भ्रम फैलाएको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छन्।

बुधबार भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोमा बुझाइएको ज्ञापनपत्रमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले प्रचण्ड र माओवादी केन्द्रलाई लक्षित गर्दै ‘घर जलाएको’ र ‘दुई ट्रकमा दुई करोड रुपैयाँ लुटिएको’ भन्ने झूटा प्रचार गरेको दाबी गरिएको छ।

वाइसिएल अध्यक्ष पुष्प ओली र अखिल (क्रान्तिकारी)का अध्यक्ष विजय प्रकाश सापकोटाको संयुक्त हस्ताक्षर रहेको सो ज्ञापनपत्रमा ती दुवै व्यक्तिमाथि साइबर अपराध अन्तर्गत कानूनी कारबाही गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा वाइसिएल अध्यक्ष ओलीले माओवादी पार्टी विधिको शासनमा आस्था राख्ने भए पनि निष्पक्ष छानबिन नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका थिए। उनले भने, “हामी हतियारविहीन सेना हौं, आज पनि सयौँ साथीहरूले शरीरमा गोलीका छर्रा बोकेका छन्। हजारौँको बलिदानबाट आएको यो व्यवस्था गणतन्त्रविरोधीहरूले मेटाउन खोजिरहेका छन्, तर वाइसिएल अब मौन बस्दैन।”

त्यस्तै वाइसिएल उपाध्यक्ष हरि ढकालले हालको जेनेजी आन्दोलन रूपान्तरणको आन्दोलन भएको बताउँदै माओवादी त्यसमा स्पष्ट रूपमा समर्थनमा रहेको उल्लेख गरे। उनले भने, “नेताहरूमा जस्तै प्रहरी संगठनभित्र पनि रूपान्तरण आवश्यक छ। यदि प्रहरी पुराना अधिकारीहरूलाई जोगाउने खेलमा लागे भने वाइसिएल चुप बस्दैन।”

साइबर ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवीन्द्र आर्यालले उजुरी ग्रहण गर्दै सत्यतथ्यका आधारमा निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “विधिको शासन कायम राख्दै कुनै कसुर बाँकी नराखी अनुसन्धान अघि बढाइनेछ, र कसैलाई अन्याय गरिँदैन।”

वाइसिएल र अखिल (क्रान्तिकारी)ले जारी गरेको केन्द्रीय सर्कुलर अनुसार आज देशका सबै प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयहरूमा पनि सोही विषयमा ज्ञापनपत्र बुझाइएको छ। दुवै संगठनले भ्रम फैलाउने गतिविधिबाट सचेत रहन युवाहरू र विद्यार्थीहरूलाई आग्रह गर्दै भनेका छन्, “सत्यलाई तोडमोड गरेर भ्रम फैलाउने कुनै पनि प्रयास सह्य हुनेछैन, आवश्यक परे सडकमा प्रतिवाद गरिनेछ।”

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : ५८ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति