७ पुस २०८२, सोमबार | December 22, 2025

देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पनि सबै प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाले यात्रुहरू र कृषकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै आगामी केही दिनसम्म उल्लेखनीय मौसमीय परिवर्तनको सम्भावना नदेखिएको जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ७ : २१ बजे

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट