१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अनमोलको ‘जेरी अन टप’ आजबाट देशभर प्रदर्शन



काठमाडौं । नेपाली सुपरस्टार अनमोल केसी अभिनीत बहुप्रतिक्षित चलचित्र ‘जेरी अन टप’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्रले देशभर दुई सयभन्दा बढी शो पाएको छ ।

सुयोग गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा अनमोल केसीसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी र उषा खड्गीको दमदार अभिनय देख्न सकिन्छ । अभिनेत्री सुरक्षा पन्तले यसमा विशेष भूमिका निर्वाह गरेकी छन् ।

‘जेरी अन टप’ अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको हो । सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानी गरेका छन् । चलचित्रको कथा हेमराज बिसीले लेखेका हुन् भने पटकथा र संवाद विश्वास तिम्सिनाले तयार पारेका छन् ।

सगरमाथा आरोहण र यात्राको क्रममा विकसित हुने प्रेमकथामा आधारित यस चलचित्रमा संगीत कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठले दिएका छन् । छायांकन दुलीप रेग्मीले गरेका हुन् ।

‘जेरी अन टप’लाई दर्शकले निकै उत्साहका साथ प्रतिक्षा गरिरहेका थिए, र आजदेखि देशभरका हलहरूमा यसको प्रदर्शन सुरु भएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ३४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा