१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’



काठमाडौं । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताए । उनले भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।”

यसअघि गत वैशाखमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेको थियो । चलचित्र ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन । उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ९ : १९ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका