११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

झापाको अर्जुनधारामा सर्पदंशबाट १० वर्षीय बालकको मृत्यु



सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका-११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको सर्पदंशबाट मृत्यु भएको छ ।

गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो ।

तर, केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाँदै गर्दा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार अनिशलाई राति सुतिरहेको बेला घरभित्रै सर्पले डसेको हो । घटनापछि स्थानीयवासीमा सर्पको डर फैलिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ४८ बजे

एमालेको प्रमुख सचेतकमा ऐन महर नियुक्त

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा आफ्नो प्रमुख सचेतकको जिम्मेवारी ऐन

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया

सुकुम्बासीलाई बलपूर्वक हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले बागमती नदी किनारका सुकुम्बासी बस्तीहरू बलपूर्वक

नदी किनाराका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको सूचना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनाराका सार्वजनिक, सरकारी

सुकुम्वासी बस्ती हटाउने निर्णयप्रति एम्नेस्टीको आपत्ति, ‘जबरजस्ती निष्कासन रोक्न’ आग्रह

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले काठमाडौंका अव्यवस्थित बस्तीबाट सयौँ परिवारलाई हटाउने