७ माघ २०८२, बुधबार | January 22, 2026

झापाको अर्जुनधारामा सर्पदंशबाट १० वर्षीय बालकको मृत्यु



सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका-११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको सर्पदंशबाट मृत्यु भएको छ ।

गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो ।

तर, केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाँदै गर्दा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार अनिशलाई राति सुतिरहेको बेला घरभित्रै सर्पले डसेको हो । घटनापछि स्थानीयवासीमा सर्पको डर फैलिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ४८ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ