९ असार २०८३, मंगलबार | June 24, 2026

सेनाको विश्लेषण – जेनजी आन्दोलनको मात्रा र तीव्रता अनुमानभन्दा ठूलो रह्यो



काठमाडौं । नेपाली सेनाले विश्वमा परिवेशमा देखिएको आन्दोलनका तुलनामा नेपालको जेनजी आन्दोलन अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनबाट सुरक्षा समस्या बढ्ने आकलन गरिए पनि मात्रा र तीव्रता अनुमान गरिएभन्दा ठूलो रहेको जानकारी दिइएको हो ।

सेनाको युद्धकार्य महानिर्देशक पवनजङ्ग थापाले जेनजी आन्दोलन विश्वव्यापी तरङ्ग देखिएकामा यहाँ भने अचानक र व्यापक रहेकाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयनका लागि सुरक्षाको वस्तुपरक विश्लेषण गरी आवश्यकताको सिद्धान्तका आधारमा अघि बढेको जानकारी दिए ।

त्यसपछिको परिस्थितिमा सेनाले न्यायपालिका, अन्य सुरक्षा निकाय र राष्ट्र सेवक कर्मचारीको सहयोग र समन्वयमा शान्ति र स्थिरता कायम राख्ने विषयमा सन्तुलित ढङ्गले कार्य गर्दै आएको उनले बताए । सोही विभागका निर्देशक मनोज थापाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न वस्तुगतढङ्गले आवश्यक पहल गरेको स्पष्ट पारे ।

आन्दोलनपछि अहिलेको अवस्था र परिणामबाटै सेनाको कस्तो खालको नियत रहेको थियो भन्ने आकलन गर्न सकिने बताउँदै उनले स्थिति सामान्यीकरण गर्न गरिएको बहुआयामिक प्रयासलाई वस्तुपरक ढङ्गबाट बुझ्ने र विश्लेषण गर्नुपर्नेमा जोड दिए ।

सेनाको बहुआयामिक भूमिका रहेकाले अग्रपङ्क्तिमा रहेर नागरिकको जीवन रक्षा र उद्धारका कार्यमा खटिँदै आएको स्पष्ट पार्दै सहायकरथी थापाले सेनाले शान्तिपूर्ण निकासका लागि सबै पक्षसँग आवश्यक परामर्श गर्नुपर्ने आवश्यकता महसुस गरेर नै विभिन्न समूहसँग छलफल गरेको बताए ।

उनले देश र जनहितका लागि अरु सबै सुरक्षा फौजसँग हातेमालो गरी काम गरिरहेको पनि जानकारी गराइयो ।

सञ्चारकर्मीको प्रश्नको जवाफमा सेनाले जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा चुनावका लागि केही सुरक्षा चुनौती भएपनि क्रमशः शान्ति सुरक्षाको वातावरण बन्दै जाने विश्वास उनको थियो । चुनावका लागि सुरक्षासम्बन्धी रणनीतिक योजना तयार गरी क्रमशः कार्यान्वयन गरिँदै लगिने सहायकरथी थापाले स्पष्ट पारे ।

सेनाका प्रवक्ता राजाराम बस्नेतले मुलुकको प्रतिरक्षा, विश्वशान्ति, वन्यजन्तु तथा पर्यावरण संरक्षण, पूर्वाधार विकास, ऐतिहासिक धरोहरको संरक्षण तथा आपत्कालीन उद्धारजस्ता कार्यमा सेनाले महत्त्वपूर्ण कार्य गर्दै आएको बताए । उनले गौरवमय इतिहास, पहिचान, परम्परा तथा संस्कृतिसँग गहिरोसँग जोडिएको सेनाले राष्ट्रको सार्वभौमसत्ता, अखण्डता, स्वाधिनता र एकताको रक्षा गर्दै आएको बताए।

त्यसअवसरमा यस वर्षको मनसुन विपद् व्यस्थापनका क्षेत्रमा संलग्न सबै सरोकारवाला पक्षसँगको सहकार्य, सहयोग र समन्वयमा प्रभावकारी कार्य भएकाले विगतका तुलनामा जनधनको क्षति न्यून गर्न सकिएको जानकारी दिए ।

मुुलुकको सर्वाधिक महत्त्वपूर्ण राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई मधेस दू्रतमार्गको हालसम्मको समग्र प्रगति करिब ४३ प्रतिशत रहेकाले तोकिएको मिति र बजेटमा आयोजना सम्पन्न गर्ने दृढता व्यक्त गरियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ५७ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३