११ भदौ २०८३, बिहिबार | August 27, 2026

द क्लिफमा हाइलाइन अभ्यास



काठमाडौं । पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीच रहेको कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास गरिएको छ । हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटा हिलेका शङ्कर कोइरालाले हाइलाइन अभ्यास गरेका हुन् । उनले विगत १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएका छन् ।

बञ्जीलगायत एड्भेञ्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो । साहसिक पर्यटन प्रवद्र्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइन प्रयास हुनु सुखद् रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

हाइलाइनको क्रु सदस्यहरूमा कोइराला सहित तीन जना नेपाली, एक जना न्यूजील्यान्डका नागरिक र दुई जना जर्मनी नागरिक सहभागी छन् । कोइरालासँगै सुलभ चालिसे, सहन महर्जन, डायलन, कासिया, मटासे र मिथियासलाई नेपाल स्ल्याकलाइन कम्युनिटीले पनि साथ दिएको छ ।

गत असोज २९ देखि सुरु भएको हाइलाइन अभ्यास कात्तिक १ गतेसम्म चल्नेछ । द क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो । यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ । उचाइ, जोखिम र कौशलका कारण यो खेल अत्यन्त चुनौतीपूर्ण मानिन्छ । हाइलाइनको पहिलो दिनको अभ्यास बेनेट डायलन रेडले गरेका थिए।

चार सय आठ मिटर लम्बाइको हाइलाइन गर्ने डोरीले कुस्मातर्फ हार्नेस जिपलाइन र बलेवातर्फ द क्लिफलाई जोडेको छ । यो हाइलाइन परियोजना दक्षिण–पूर्व एसियामा दोस्रो लामो भएको भनिएको छ र नेपालमा अहिलेसम्म सबैभन्दा लामो र अग्लो हाइलाइन मानिएको छ ।

के हो स्ल्याकलाइन र हाइलाइन ?

स्ल्याकलाइन सामान्यतया जमिनबाट ३० सेन्टिमिटरदेखि १ मिटर उचाइमा तानिएको पट्टीमा शरीर हल्का मोडेर, हात फैलाएर सन्तुलन मिलाउँदै हिँड्ने खेल हो । यो संसारभर पार्क, समुद्रकिनारा र बगैंचामा अभ्यास गरिन्छ। ध्यान, शरीर नियन्त्रण र लचकता बढाउने लोकप्रिय गतिविधि हो ।

हाइलाइन भने २० मिटरदेखि सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ । यो पर्वत, पुल र खोँचमा अभ्यास गरिन्छ र मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेल हो ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ७ : ५३ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ