१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या



काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ ।

गत भदौ २३ र २४ गते काठमाडौँमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन जलेर नष्ट भएकाले अहिले समस्या भएको हो ।

ट्राफिक प्रहरीले हाल उपलब्ध भएका ब्रेथलाइजर मेसिन विभिन्न क्षेत्रमा खटिएका ट्राफिक प्रहरीको टोलीबीच आलोपालो प्रणालीअनुसार प्रयोग भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार यसअघि करिब तीन सय वटा ब्रेथलाइजर मेसिन भए पनि हाल २७ वटा मात्रै बाँकी रहेको उनको भनाइ छ । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले भने, “हामीसँग पहिले तीन सय वटा मेसिन थिए, जसको प्रयोग गरेर नियमित रूपमा सवारी चालकमा मादक पदार्थको सेवन भए÷नभएको परीक्षण गर्न सकिन्थ्यो । तर आन्दोलनका क्रममा ती मेसिनहरू नष्ट भएपछिको अवस्थाले अहिले हामीलाई समस्या भएको छ ।”

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ८ : ४३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा