१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन



मुस्ताङ । विश्व शान्ति र स्थिरताको कामना गर्दै यहाँको घरपझोङ गाउँपालिका–५ ढुम्बास्थित कुछ्प तेरङ्गा गुम्बामा ‘ध्योक्योप’ पूजा र देव नृत्य प्रदर्शन गरिएको छ ।

आज यहाँ आयोजित कुछ्प तेरङ्गा गुम्बामा यहाँस्थित विभिन्न गुम्बाका लामाहरूद्वारा बुद्ध धर्म परम्पराअनुसार ‘ध्योक्योप’ पूजासहित वेशभूषा र मुकुट लगाएर देव नृत्य प्रदर्शन गरिएको हो । गुरु पद्यसम्भव विभिन्न स्वरुपमा प्रकट भएका देवीदेवताको मुकुट लगाएर स्थानीय बौद्ध गुम्बाका लामाले देव नृत्य प्रदर्शन गरेका हुन् । करिब आधा शताब्दीदेखि निरन्तर चल्दैआइरहेको यसप्रकारको पूजा र देव नृत्य प्रदर्शनीले बौद्ध धर्मप्रति आस्था विश्वाश राख्ने भक्तजनलाई धार्मिक मोक्षप्राप्त हुने विश्वाश गरिएको छ ।

यसप्रकारको गुरु पद्यसम्भवसँग सम्बन्धित देवीदेवताका नृत्य अवलोकन गर्नाले मरेपछि पनि स्वर्गमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । पूजामा लामाहरूले बजाउने ढ्याङ्गोलगायत बाजाका तालमा सामूहिक रूपमा देवीदेवताका नृत्य प्रदर्शन गरेको ठिनी गाउँका स्थानीय नीरज थकालीले बताए ।

ध्योक्योप अवलोकन गर्नाले मानिसहरूको ग्रहदशा हटाउने, अनिष्ट, प्राकृतिक विपद्को रोकथाम गर्ने, अशान्ति र दुःखकष्ठ अन्त्य गराउने जनविश्वाश रहेको छ । ध्योक्योप पूजा र देव नृत्यको माध्यमबाट भक्तलाई भगवान् चिन्न सकोस भन्ने उद्देश्यले यसप्रकारको ध्योक्योप नृत्य बर्सेनि देखाउने प्रचलन रहेको थकालीले बताए ।

ध्योक्योप अवलोकनका लागि जोमसोम, स्याङ, मार्फा, ठिनी, कागबेनीलगायत स्थानबाट नागरिक यहाँ पुगेका थिए ।

मुस्ताङको ढुम्बा, स्याङ र टुकुचेलगायत गुम्बामा बर्सेनि यसप्रकारको ध्योक्योप पूजा र देव नृत्य प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : १६ बजे

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र