१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचारको मुद्दामा मौन बसेका छौँ भन्ने होइन : प्रधानमन्त्री

चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न सरकार दत्तचित्त भएर लागेको छ



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताएकी छन् ।

नेपाल संवत् नयाँ वर्ष ११४६ को अवसरमा नेपाल संवत् न्हूदँ संरक्षण समाजले आज वसन्तपुरमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले प्राप्त जिम्मेवारीअनुरुप सम्पूर्ण नेपाली जनताको सहभागितासहित निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ । परिवर्तनका बाहक ‘जेनजी पुस्ता’ का प्रतिनिधिहरूसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ । निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने होइन ।”

उनले नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि वर्तमान सरकारमाथि रहेको बताउँदै यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम अघि बढिरहेको जानकारी गराइन् ।

उनले भ्रष्टाचार अन्त्यसहित सुशासन र निर्वाचनका पक्षमा जुटेको सरकारलाई नागरिक समाजको साथ सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

समाजमा आपसी सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्नका लागि पनि सबैसँग आह्वान गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्,“भ्रष्टाचार अन्त्यसहित विधिको शासन कायम गरी प्रतिनिधिसभाको निर्वाचन गराइ मुलुकलाई राजनीतिक निकास दिने मुल जिम्मेवारीका साथ अघि बढिरहेको वर्तमान सरकारलाई सबै राजनीतिक दल, नागरिक समाज, आमनेपाली जनताका तर्फबाट साथ, सहयोग प्राप्त हुने विश्वास लिएकी छु ।”

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १२ : २८ बजे

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्