१२ असार २०८३, शुक्रबार | June 26, 2026

गरियो म्हः (आत्म) पूजा



काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले गर्ने म्हः (आत्म) पूजा आज साँझ विधिपूर्वक सम्पन्न भएको छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिन्छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले म्हः (आत्म) पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा भवानीप्रसाद खतिवडा बताउँछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी–देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो ।

विगतमा नेवार समुदायले मात्र मनाउने यो पर्वमा अहिले अरु समुदायका मानिस पनि सहभागी हुन थालेका छन् । म्हः (आत्म) पूजा शास्त्रसम्मत् भएकाले पनि अन्य समुदाय सहभागी हुन थालेको जनाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १० : १४ बजे

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ