१६ चैत्र २०८२, सोमबार | March 30, 2026

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् ।

मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

“सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु’’, उनले भनेका छन्, “मसँग कुनै छलफल र सल्लाह नै नगरी दुषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु ।’’

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ५ : १५ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई