५ माघ २०८२, सोमबार | January 20, 2026

मुस्ताङ आउने पर्यटकलाई अग्रीम होटल बुक गरेरमात्र आउन आग्रह



म्याग्दी । पर्यटकीय सिजन सुरुभएसँगै मुस्ताङको मुक्तिनाथ र कोरोला नाका घुम्न आउनेहरुको अत्याधिक चाप पढेपछि बासस्थानको सुनिश्चित गरेरमात्र त्यस क्षेत्रको यात्रा तय अर्न आग्रह गरिएको छ । आन्तरिक र बाह्य पर्यटकले होटल नपाएर अलपत्र परेको गुनासो आएपछि म्याग्दी हुँदै मुस्ताङको यात्रा तय गर्नुअघि बासबस्ने स्थान तय गरेर मात्र यात्रा गर्न आग्रह गरिएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले होटेल बुक गरेर मात्र म्याग्दी र मुस्ताङ घुम्न निस्कन पर्यटकलाई आग्रह गरेका छन् । पर्यटकको चाप अत्याधिक रहेकाले होटेलहरु नपाउने समस्या हुने भन्दै होटेलको सुनिश्चितता गरेर मात्र म्याग्दी र मुस्ताङ निस्कन प्रजिअ तिवारीले आग्रह गरेका हुन् ।

‘यो समयमा म्याग्दी र मुस्ताङमा पर्यटकको चाप अत्याधिक छ । जसका कारण होटेल नपाएको गुनासो पनि आएको छ । अधिकांश होटेलहरु बुक भैसकेका छन् । घुम्न आउँदा बस्ने ठाउँको सुनिश्चितता गरेर मात्र आउनुहोला,’ उनले भने । अहिले मुस्ताङको मार्फा, मुक्तिनाथ, कोरला नाका, म्याग्दीको नर्थ अन्नपूर्ण बेस क्याम्प, तातोपानी जाने पर्यटकको घुइँचो छ । यस्तै मुस्ताङ जादा फोरविल गाडीको प्रयोग गर्न र न्यायो कपडा लगाएर आउन पनि प्रजिअ तिवारीले आग्रह गरे ।

म्याग्दीका होटल व्यवसायीहरुले पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले जिल्लामा रहेका होटल व्यवसायीको सम्पर्क नम्बर सार्वजनिक गरेका छन् । उनीहरुले यात्रुहरुको सहज यात्रालाई ध्यानमा राख्दै अग्रीम बुक गरेर मात्र यात्रा तय गर्न आग्रह गरेका छन् ।

पर्वत बेनीमा संचालनमा रहेको ज्ञानगौरी प्यालेस प्रालीका संचालक कृष्ण केसीले अधिकांस होटलमा अग्रीम र अनलाईन बुकिङ गर्ने व्यवस्था रहेकाले बुक गरेर मात्र यात्रा गर्न आग्रह गरे । मुस्ताङ यात्राको प्रवेश द्वारकारुपमा रहेका बेनीका होटलहरुले मुस्ताङका होटलहरुसँग समेत समन्वय गरिदिन आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ११ : १९ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच