२३ बैशाख २०८३, बुधबार | May 7, 2026

गए अर्याल लालसलाम ठोकेर….



बुटवल । एमालेको संगठन निर्माणमा सांस्कृतिक योगदान गरेका जनगायक रमेश अर्यालको निधन भएको छ । एमालेको सांस्कृतिक मोर्चा जन सांस्कृतिक मञ्चको केन्द्रीय टोलीमा रहेर मेची महाकाली अभियानमा गीत गाउँदै हिँडेका अर्यालको ८४ वर्षको उमेरमा निधन भएको हो ।

जनवादी गायक अर्यालको ८४ वर्षको उमेरमा कपिलवस्तुको वाणगंगा नगरपालिका–१ मन्द्रेली टोलमा गएराति निधन भएको हो । अर्यालको आज नै बाणगंगास्थित लक्ष्मणघाटमा अन्त्येष्टि गरिएको छ ।

०४६ सालको जनआन्दोलन र विशेषगरी मदन–आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा निधनपछि एमालेमा जनसंगठन निर्माणमा सांस्कृतिक योगदान दिएका अर्यालका लोकभाकामा जनगीतहरुबाट आकर्षित भएर एमालेमा संगठित हुन आउनेको संख्या ठेलो रहेको थियो । जनतालाई जुरुक्क उठाउने गीत गाएर चर्चामा आएका जनगायक रमेश अर्याल शुक्रबार सँधैका लागि अस्ताएका छन् ।

त्यो समयमा ‘म मरे पनि नरोए पियारी, अघि बढे हिम्मत गरेर’, ‘सेतो पहिरन पहिरेता पनि अघि बढे लाल सलाम ठोकेर’, ‘लाल सिन्दुर सिउँदैमा, कम्युनिस्ट सरकार बनाउ है यही आउँदो हिउँदैमा’ लगायतका गीतहरू गाएर जनवादी गायकको छवि बनाएका रमेश अर्यालको निधनसँगै यी गीतहरु इतिहास बनेका छन् । महाकाली सन्धीपछि केही समय सन्धीको विपक्षमा गीत गाएपछि भने उनलाई पार्टीले विस्तारै वास्ता गर्न छाडेको थियो ।

एमाले ९ महिने सरकार ताका आफ्नो गाउँ आफै बनाउँ सांस्कृतिक अभियान लिएर मेची महाली अभियानमा निस्केका अर्यालको सादा जिवन र सरल स्वभावबाट धेरै दर्शक र अनुरागीहरु प्रभावित बनेका थिए । महाकाली सन्धीमा राष्ट्रघात भएको भन्दै त्यसको विपक्षमा गीत गाएका अर्याललाई पछि एमालेका नेताहरु स्वयम सन्धीको पक्षमा उभिएपछि क्रमशः पछि पारिएको थियो ।

अर्यालले २०५१ सालको मंसिरमा मध्द्यावधि चुनावमा आफैँले रचना गरेर गाएका जनगीत बढी चर्चा मात्रै बटुलेन एमालेको पक्षमा जनलहर ल्याउन साथ दिएको उनका सहकर्मीहरुको स्मरण छ ।

२०५४ सालबाट उनी राष्ट्रिय जनसाँस्तिक मन्चको केन्द्रीय समितिमा जेबी टुहुरे अध्यक्ष हुँदा सहभागी हुँदै एमालेको जनवर्गीय सङ्गठन राजसामन्चको रास्ट्रिय समितिमा रहेर काम गरेका थिए । २०६५ सालसम्म जनसाँस्कृतिक मन्चको केन्द्रीय साँस्कृतिक टीममा निरन्तर खटिएका थिए । टुहुरे माओवादीमा प्रवेश गरेपछि भने उनी निस्कृय जस्ते गरि बसेका थिए ।

अर्यालको पार्थिव शरीरमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले झण्डा ओढाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ४ : ३२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा