काठमाडौँ । नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले पदभार ग्रहण गरेकी छिन् । मन्त्री शर्माले राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।
मन्त्री शर्मासँग युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लु गुप्ताले पनि शपथ लिएका थिए । पदभभार ग्रहण लगत्तै उनको स्वागतमा उपस्थित कर्मचारीहरुलाई निर्देशन दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।
कर्मचारीहरुलाइृ सम्बोधन गर्दै मन्त्री गौतमले मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उनले चेतावनी दिइन् । उनले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिइन् ।
उनले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिइन् ।
पदभार ग्रहण गरेपछि मन्त्री गौतमले पहिलो निर्णयका रूपमा जेनजी आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।


















प्रतिक्रिया