१ आश्विन २०८३, बिहिबार | September 17, 2026

नेप्से ५ अंकले घट्दा पनि कारोबार ५ अर्ब ४५ करोड पुग्यो



काठमाडौं । लगातार वृद्धि भइरहेको सेयर बजार बुधबार ५ अंकले घटेको छ । अघिल्लो दिन ६२ अंकले उक्लिएको बजार परिसूचक आज २५६६ अंकमा स्थिर भएको हो ।

कारोबारका क्रममा दिउँसो ११:४६ र १२:२१ बजे नेप्सेले २६ सय अंकको सीमा पार गरे पनि टिक्न नसकेको देखियो । सूचक घटे पनि कारोबार रकम बढेर ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो दिनको कारोबार ४ अर्ब ५७ करोड रुपैयाँमा सीमित थियो ।

आजकाे कारोबारमा ८५ कम्पनीको मूल्य बढ्दा १५९ घटेका छन् भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । क्षेत्रगत सूचक हेर्दा, होटल तथा पर्यटन समूह २.१५%, व्यापार समूह २%, र हाइड्रोपावर ०.०१% बढे ।

तर, अन्य समूह १.२०%, बैंकिङ ०.३४%, विकास बैंक ०.९१%, फाइनान्स ०.७७%, लगानी ०.१७%, जीवन बीमा ०.६४%, उत्पादन तथा प्रशोधन ०.२८% र निर्जीवन बीमा ०.१९% घटे ।

कम्पनीगत रूपमा उपकार लघुवित्त र खानीखोला हाइड्रोपावर का सेयर मूल्य १० प्रतिशतले बढे, जबकि मानुषी लघुवित्त (९.९१%), हिमालयन पावर पार्टनर (८.७४%) र आशा लघुवित्त (७.६८%) ले उल्लेख्य वृद्धि गरे ।

त्यस्तै, पन्चकन्या माइ हाइड्रोपावर ३.६९% र सिनर्जी पावर ३.२१% ले घटे । आज धेरै कारोबार भएका शीर्ष पाँच कम्पनीमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत् र हिमालयन रिइन्स्योरेन्स परेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ५७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको