काठमाडौं । आफैले जन्माएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेर रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा निवेदन दर्ता गरेका छन्।
नाउपाका संरक्षक रहेका चौधरीले पार्टी अध्यक्ष तथा आफ्नी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीसँग मतभेद चुलिँदै गएपछि गत भदौ २९ गते नयाँ दल नागरिक उन्मुक्ति पार्टी नेपाल गठनको घोषणा गरेका थिए । चौधरीले बिहीबार निर्वाचन आयोगमा पुगेर सो नयाँ दल दर्ताको प्रक्रिया सुरु गरेका हुन्।
नाउपा नेपालमा ४५ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ भने नयाँ चुनाव चिन्हमा जाँतो प्रस्ताव गरिएको छ । नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकिया थियो।
दल दर्ताको लागि निर्वाचन आयोग जाँदा चौधरी र उनका नेताहरुले रातो रंगको ट्रयाक लगाएका थिए । नयाँ दल दर्ताको निवेदनसँगै रेशम चौधरीको राजनीतिक यात्रामा नयाँ अध्याय सुरु भएको छ ।


















प्रतिक्रिया