२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

पाल्पाको सत्यवती मन्दिरमा कार्तिक पूर्णिमामा लाग्ने धार्मिक मेलाको तयारी पूरा



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-४ स्थित सत्यवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यो वर्ष कार्तिक १९ गते पर्ने पूर्णिमामा मेला आयोजना गरिँदैछ ।

मन्दिर विकास समितिका अनुसार मेलाको सुरक्षादेखि भक्तजनका लागि पूजाको सहजीकरण र यातायात व्यवस्थासम्मका तयारी अन्तिम चरणमा पुगेका छन् ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दानबहादुर गाहाले यस वर्ष पनि ‘महाजोग’ परेको कारण भक्तजनको भिड अत्यधिक हुने अनुमान गरिएको बताए । गत वर्ष २ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष त्यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

मेलालाई व्यवस्थित बनाउन प्रशासन कार्यालय, तिनाउ गाउँपालिका र सुरक्षा निकायबीच समन्वय गरिएको छ । मन्दिर परिसरमा ६० जना भन्दा बढी प्रहरी तथा ६० जना स्वयंसेवक परिचालन गरिने समितिले जनाएको छ ।

परम्पराअनुसार, पूर्णिमाको अघिल्लो दिन नै भक्तजनहरू मन्दिर पुगेर मध्यरातमा सत्यवती तालको परिक्रमा गरी पूजापाठ गर्ने प्रचलन छ । तिहारपछि सुरु हुने भक्तजनहरूको भीड पूर्णिमासम्म निरन्तर रहने गर्दछ ।

मन्दिर परिसरमा हाल लाइटिङ, पार्किङ र सचिवालय स्थापना जस्ता अन्तिम तयारीका कामहरू भैरहेका छन् । तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले कार्तिक १८ देखि २० गतेसम्म लाग्ने मेलामा सुरक्षा, यातायात र खाद्य अनुगमनमा विशेष ध्यान दिइने जानकारी दिए ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार सत्यवती मन्दिर र तालको दीर्घकालीन विकासका लागि गुरुयोजना तयार पारिएको छ । मन्दिरको संरचना निर्माणका लागि ६० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको र संघीय सरकारको सहयोगमा मन्दिरसम्मको सडक स्तरोन्नती कार्य पनि भइरहेको उनले बताए ।

गत वर्ष मेलाबाट ३२ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको थियो, र सो रकम मन्दिरको विकासमै खर्च गरिएको समितिले जनाएको छ ।

सत्यवती मन्दिरको विशेषता भनेको चिच्याएर बर माग्ने अनौठो परम्परा हो । परम्पराअनुसार, सत्यवती बज्यै बहिरी भएकाले भक्तजनले ताल नजिक पुगेर चिच्याएर मनको इच्छा व्यक्त गरेमा बज्यैले पूरा गरिदिने विश्वास रहँदै आएको छ ।

भक्तजनहरूले राति बाँस, निगालो वा सालका लिङ्गो लिएर तालमा गाड्ने र भोलिपल्ट आफ्नै गाडेको लिङ्गो चिन्दै पूजा गरी घर फर्कने परम्परा रहेको छ । साथै, मन्दिरमा बोका-पाठीको बली र परेवा उडाउने चलन पनि पुरानै परम्पराको रूपमा रहँदै आएको छ ।

नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत भक्तजन आउने यस मेलाले धार्मिक पर्यटन र स्थानीय आर्थिक गतिविधिमा ठूलो योगदान पुर्‍याउँदै आएको स्थानीयहरू बताउँछन् ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ७ : ५० बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने