२८ चैत्र २०८२, शनिबार | April 11, 2026

तान्जानियामा भएको विरोध प्रदर्शनमा सयौं मानिसको मृत्यु



अफ्रिकी मुलुक तान्जानियामा बुधबार सम्पन्न आम निर्वाचनपछि देशभर तीन दिनसम्म चलेका विरोध प्रदर्शनका क्रममा सयौं मानिस मारिएका छन्।

मृतकहरूको सङ्ख्या सम्बन्धी फरक–फरक दाबीहरू भइरहेका छन् । देशभर इन्टरनेट बन्द भएकाले ती तथ्याङ्कहरूको पुष्टि गर्न गाह्रो भएको छ।

विपक्षी दल चडेमाले सुरक्षा बलसँग भएका झडपमा करिब सयौं मानिसको मृत्यु भएको दाबी गरेको छ। त्यस्तै, तान्जानियामा रहेका एक कूटनीतिक स्रोतले बीबीसीलाई दिएको जानकारीअनुसार कम्तीमा दशौं मानिसको मृत्यु भएको विश्वसनीय सूचना प्राप्त भएको छ।

सरकारले हिंसाको स्तर घटाएर देखाउने प्रयास गरिरहेको छ र अशान्ति नियन्त्रणका लागि कर्फ्यूको अवधि बढाइएको छ।

यी प्रदर्शनहरूमा अधिकांश युवा सडकमा उत्रिएका थिए । उनीहरुले देशका धेरै सहरहरूमा चुनाव अनुचित भएको भन्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनकर्ताहरूको आरोप छ कि सरकारले प्रमुख विपक्षी नेताहरूको दमन गरेर लोकतन्त्रलाई कमजोर पारेको छ। एक विपक्षी नेता अहिले जेलमा छन् भने अर्कोलाई प्राविधिक कारण देखाएर चुनावबाट बाहिर राखिएको छ।

यस घटनाक्रमले तान्जानियाकी राष्ट्रपति सामिया सुलुहू हसन र उनकी पार्टी ‘चामा चा मापिन्दुजि’ को जितको सम्भावना बढाएको छ।

-बीबीसी

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ८ : ४५ बजे

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक