काठमाडौं । लगातारको मौसम खराबीका कारण देशका विभिन्न विमानस्थलहरूमा हवाई उडान स्थगित भएका छन् । शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा सबै उडान रद्द गरिएको छ ।
हिमाल क्षेत्र बाक्लो बादलले ढाकिएपछि माउन्टेन फ्लाइटहरू समेत स्थगित गरिएको विमान कम्पनीहरूले जनाएका छन् । दृश्यता न्यून भएकाले हवाई सुरक्षालाई ध्यानमा राख्दै उडान स्थगित गरिएको हो ।
हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कायम छ । यसै कारण देशका विभिन्न प्रदेशहरूमा मौसम बदली र वर्षा भइरहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश ठाउँमा आकाश पूर्ण बदली छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।
त्यसैगरी बागमती प्रदेशका केही स्थानहरूमा र कोशी, मधेश तथा गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम स्थिर नभएसम्म हवाई यात्रुहरूलाई संयम रहन महाशाखाले आग्रह गरेको छ ।



















प्रतिक्रिया