१ आश्विन २०८३, बिहिबार | September 17, 2026

मौसम खराबीका कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित



काठमाडौं । लगातारको मौसम खराबीका कारण देशका विभिन्न विमानस्थलहरूमा हवाई उडान स्थगित भएका छन् । शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा सबै उडान रद्द गरिएको छ ।

हिमाल क्षेत्र बाक्लो बादलले ढाकिएपछि माउन्टेन फ्लाइटहरू समेत स्थगित गरिएको विमान कम्पनीहरूले जनाएका छन् । दृश्यता न्यून भएकाले हवाई सुरक्षालाई ध्यानमा राख्दै उडान स्थगित गरिएको हो ।

हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कायम छ । यसै कारण देशका विभिन्न प्रदेशहरूमा मौसम बदली र वर्षा भइरहेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश ठाउँमा आकाश पूर्ण बदली छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

त्यसैगरी बागमती प्रदेशका केही स्थानहरूमा र कोशी, मधेश तथा गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम स्थिर नभएसम्म हवाई यात्रुहरूलाई संयम रहन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ४६ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा