६ श्रावण २०८३, बुधबार | July 22, 2026

महिला विश्वकप क्रिकेटको उपाधि भिडन्त आज : भारत र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा आमनेसामने



काठमाडौं । आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल आज (आइतबार) भारतको मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा हुँदैछ । उपाधिका लागि आयोजक भारत र दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा आमनेसामने हुनेछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

भारतले यसअघि सन् २००५ र २०१७ मा फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन। दक्षिण अफ्रिकाको भने यो पहिलो विश्वकप फाइनल हो । दुवै टोलीले अहिलेसम्म विश्वकपको उपाधि नजितेकाले यसपटक नयाँ देशले महिला एकदिवसीय विश्वकप चुम्नेछ ।

सन् २००५ को फाइनलमा अष्ट्रेलियाले भारतलाई ९८ रनले पराजित गरेको थियो भने २०१७ मा इङ्ल्यान्डले घरेलु मैदानमा रोमाञ्चक खेलमा भारतलाई नौ रनले हराएको थियो । महिला विश्वकपको पहिलो दुई संस्करण (१९७३ र १९७८) मा लिग चरणकै अंकका आधारमा विजेता घोषणा गरिएको थियो । क्रमशः इङ्ल्यान्ड र अष्ट्रेलिया विजेता बनेका थिए ।

फाइनल प्रणाली सन् १९८२ बाट सुरु भएको हो । त्यसपछि विभिन्न संस्करणमा इङ्ल्यान्ड, अष्ट्रेलिया र न्युजिल्याण्डबीच उपाधि प्रतिस्पर्धा हुँदै आएको इतिहास छ । तर, यस पटक दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको छ भने भारत तेस्रो पटक उपाधिको खोजीमा उत्रँदैछ ।

फाइनलसम्मको यात्रा

भारत र दक्षिण अफ्रिका दुवैका लागि फाइनलसम्मको यात्रा सहज थिएन । सेमिफाइनलमा भारतले सात पटकको च्याम्पियन अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा स्थान बनायो भने दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई हराउँदै ऐतिहासिक फाइनल यात्रा तय गर्यो ।

समूह चरणमा दुवै टोलीले उतार-चढावपूर्ण प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिका सात खेलबाट पाँच जित र दुई हारसहित १० अंकका साथ तेस्रो स्थानमा रह्यो । आयोजक भारत सात खेलबाट तीन जित, तीन हार र एक बराबरीसहित सात अंक लिएर चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

भारतले आफ्नो अभियान श्रीलंकामाथि ५९ रन र पाकिस्तानमाथि ८८ रनको जितसँग सुरु गरेको थियो । तर त्यसपछि उसले लगातार तीन खेलमा हार बेहोरेको थियो । क्रमशः दक्षिण अफ्रिका, अष्ट्रेलिया र इङ्ल्यान्डसँग । न्युजिल्याण्डविरुद्धको महत्त्वपूर्ण खेलमा स्मृति मन्धाना र प्रतिका रावलको उत्कृष्ट प्रदर्शनले भारतलाई जित दिलायो, जसले सेमिफाइनल प्रवेश सुनिश्चित गर्यो । बंगलादेशविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।

दक्षिण अफ्रिकाले भने निराशाजनक सुरुवात गर्दै इङ्ल्यान्डसँग १० विकेटको हार बेहोरे पनि त्यसपछि लगातार पाँच जित निकाल्दै बलियो पुनरागमन गर्यो । न्युजिल्याण्ड, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानलाई हराउँदै उसले आत्मविश्वास बढाएको थियो । अन्तिम समूह खेलमा अष्ट्रेलियासँग हार बेहोरे पनि सेमिफाइनलमा इङ्ल्यान्डमाथि जित निकाल्दै ऐतिहासिक फाइनल यात्रा सुनिश्चित गर्यो ।

भारत र दक्षिण अफ्रिकाको सामना इतिहास

भारत र दक्षिण अफ्रिका महिला विश्वकप फाइनलमा पहिलो पटक भिड्दै छन् । अघिल्ला संस्करणमा दुवै टोलीबीच जम्मा छ खेल भएका छन्, जसमा दुवैले तीन-तीन जित बाँडेका छन् ।

दुवैबीचको पहिलो भिडन्त सन् १९९७ मा भएको थियो, जसमा भारतले पाँच विकेटले जितेको थियो । त्यसपछि २००० र २००५ मा पनि भारत विजयी भयो । तर पछिल्ला तीन भेटमा दक्षिण अफ्रिकाले लगातार जित्दै बराबरी गरेको छ । सन् २०१७ मा ११५ रनले, २०२२ मा तीन विकेटले र यसपटकको समूह चरणमा पनि तीन विकेटले भारतलाई पराजित गरेको थियो ।

यसरी, इतिहास बराबरीमा रहे पनि आजको फाइनलमा दुवै टोलीले नयाँ अध्याय लेख्ने तयारी गरेका छन् । भारत उपाधि खडेरी तोड्ने अभियानमा छ भने दक्षिण अफ्रिका पहिलो विश्वकप जित्दै नयाँ कीर्तिमान बनाउने लक्ष्यमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : ५३ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा