काठमाडौं । प्रहरी मुख्यालयले जेनजी प्रदर्शनको क्रममा फिल्डमा खटिएका इन्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।
भदौ २३-२४ मा भएको जेन–जी प्रदर्शनका क्रममा भएको गोलीकाण्ड र त्यसपछिका घटनाबारे जाँचबुझ सुरु भएपछि
जाँचबुझ आयोगले सोधपुछका लागि कुनै पनि बेला बोलाउन सक्ने भन्दै मुख्यालयले मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्राचार गरी यस्तो व्यवस्था मिलाउन भनेको छ ।
मुख्यालयले पत्रमा उल्लेख गरेअनुसार, सोधपुछका लागि तत्कालीन इन्चार्जहरूलाई बोलाउनुपर्ने सम्भावना रहेकाले उनीहरूलाई उपत्यकाबाहिर नजान सुनिश्चित गर्न निर्देशन दिएको छ ।
जाँचबुझ आयोगले आइतबारदेखि औपचारिक रुपमा बयान र सोधपुछ प्रक्रिया सुरु गरेको छ।
उक्त आन्दोलनका क्रममा भदौ २३ मा प्रहरीले गोली चलाउँदा २२ जनाको मृत्यु भएको थियो।



















प्रतिक्रिया