२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु, महाधिवेशनको कार्यतालिका प्रस्ताव हुने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक पुनः आरम्भ गर्ने निर्णय गरेको हो ।

बैठकमा संस्थापन र इतर दुवै पक्षले आगामी महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । सोमबारको कार्यसम्पादन समितिको बैठकमा दुवै पक्षबीच महाधिवेशनको मितिलाई लिएर प्रारम्भिक सहमति बनेको थियो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्तभित्र महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् भने संस्थापन पक्षले भने वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ ।

कांग्रेस स्रोतका अनुसार महामन्त्री थापाले आजको बैठकमा पुस मसान्तमा महाधिवेशन गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् । उता, संस्थापन पक्षले वैशाखमा महाधिवेशन गर्नुपर्ने धारणा राख्दै त्यसको औचित्य र तयारीबारे विवरण पेश गर्ने भएको छ ।

दुवै पक्षका प्रस्ताव र औचित्यमा छलफल गरेपछि महाधिवेशनको मिति र कार्यतालिका टुंग्याउने प्रक्रिया अघि बढाइने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ३४ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित