१५ माघ २०८२, बिहिबार | January 29, 2026

बङ्गलादेशका दुग्ध उत्पादक किसान चितवनमा



चितवन । जिल्लाको दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा जानकारी लिन बङ्गलादेशका दुग्ध उत्पादक किसानहरू चितवन आएका छन् ।

बङ्गलादेशका दुग्ध उत्पादक किसान मनरुप इस्लामका नेतृत्वमा आएको १७ सदस्यीय टोलीले चितवनका दुग्ध उत्वपादक सहकारी उद्योग, गाई फार्महरूको अवलोकन गर्नेछ । उनीहरूले सोमबार जिल्लामा भएको दुग्ध उत्पादन र यहाँको अवस्थाका बारेमा जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घसँग छलफल गरेका थिए ।

सङ्घका चितवन अध्यक्ष किशोर बगालेका अनुसार उनीहरुले यहाँ दूध उत्पादनको अवस्था, वितरण प्रणाली, दुग्ध उत्पादक किसानको अवस्थाबारे जानकारी लिएका हुन् । उनले भने, “दुई देशका किसानले कसरी दूध उत्पादन गर्दै आएका छन् र त्यसको बजारीकरण कसरी भइरहेको छ भन्ने विषयमा ज्ञान आदानप्रदान गरियो ।” अध्यक्ष बगालेले जिल्लामा भएको असल पशुपालन अभ्यास, उन्नत नश्लका गाईहरू ल्याउने क्रमलगायतका बिषयमा जानकारी दिएका थिए ।

बङ्गलादेशी टोलीले पनि दूध उत्पादन, प्रशोधन र वितरणका विषयमा भएको प्रगतिका विषयमा जानकारी गराएको थियो । सो टोलीले आज नवलपरासीमा समेत अध्ययन गरेर बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ९ : ४८ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको