भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ भैरहवामा बिहीबार बिहान बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीका अनुसार बिहान करिब साढे १० बजे मधेश प्रदेश ०३-००१ ख ९०३९ नम्बरको बसले अन्दाजी ३० देखि ३५ वर्ष उमेरका पुरुषलाई पछाडिबाट ठक्कर दिएको थियो ।
घाइतेलाई उद्धार गरी भैरहवास्थित भीम अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । मृतकको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन ।
दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ । भैरहवामा जन्ती बोकेर आएको सो बसलाई प्रहरीले नियन्त्रणमा लिएर चालकको खोजी कार्य तीव्र पारेको जनाएको छ ।


















प्रतिक्रिया