३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रुपन्देही उद्योग संघको २४ औं अधिवेशन सम्पन्न, कृष्णप्रसाद पराजुली अध्यक्षसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित



बुटवल । रुपन्देही उद्योग संघको ४७ औं साधारणसभा तथा २४ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योग-व्यवसायको प्रवर्द्धन र विकासका लागि उपमहानगरपालिका सधैं उद्योगीहरूको साथमा रहेको बताए ।

उनले सरकार, राजनीतिक नेतृत्व र निजी क्षेत्रबीच सहकार्य भए मात्र देश समृद्ध बन्न सक्ने उल्लेख गर्दै मोतीपुर औद्योगिक क्षेत्र समयमा निर्माण नहुनुका कारण उद्योगीहरूले भोग्नुपरेका समस्या समाधानका लागि अब दबाब दिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष विरेन्द्र पाण्डेले उद्योग-व्यवसायको विकासका लागि सरकारको नीति स्पष्ट हुनुपर्ने बताए । उनले सबै दिशाबाट दबाबमा परेका उद्योगी-व्यवसायीप्रति सकारात्मक दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे ।

त्यस्तै, परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले उद्योग-व्यवसायको विकास बिना देश समृद्ध हुन नसक्ने भन्दै सरकारले उद्योगमैत्री वातावरण बनाउन नसकेको गुनासो गरे । उनले हाल आर्थिक गतिविधि सुस्त भएको, ‘जेन जी’ आन्दोलन र विद्युत् डेडिकेटेड लाइनको विवादका कारण उद्योगहरू झनै प्रभावित भएका बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, रुपन्देही व्यापार संघ अध्यक्ष दिपक अधिकारी, पश्चिम नेपाल बस व्यवसायी प्राली अध्यक्ष दधिराम खरेललगायत वक्ताहरूले पनि आफ्ना धारणा राखेका थिए ।

संघका अध्यक्ष दिलीप सापकोटाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीको स्वागत, महासचिव हिरामणी भट्टराईको सञ्चालन र प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेको धन्यवादसहित कार्यक्रम सम्पन्न भएको थियो । बन्द सत्रले महासचिव भट्टराईको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष युवराज आचार्यको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो ।

अधिवेशनबाट कृष्णप्रसाद पराजुली अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परेकाले उम्मेदवारी फिर्ता समयअघि नै निर्विरोध घोषणा गरिएको हो ।

निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, द्वितीय उपाध्यक्ष युवराज आचार्य, महासचिव सुमन बस्याल, कोषाध्यक्ष विशाल बेलवासे, सचिव अशोक कुँवर र सह-कोषाध्यक्ष राजु घिमिरे रहेका छन् । सचिव (महिला) पद भने खाली छ ।

त्यस्तै, आजीवन सदस्यमा इञ्जिनियर किरण खरेल, एसोसिएटतर्फ अखिलेश गुप्ता कसौधन, संस्थागततर्फ तेजप्रसाद पराजुली निर्वाचित भएका छन् । खुला सदस्य ६ जनामा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशीनाथ खनाल, मेघबहादुर घिमिरे, अनिशकुमार कसौधन र थानेश्वर पाण्डे चयन भएका छन् ।

दुई महिला सदस्य पदमा पार्वती गिरी र दिलु शाही, बुटवल औद्योगिक क्षेत्रतर्फ प्रज्ज्वल थान्जु, बुटवल उपमहानगरपालिकातर्फ नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, तिलोत्तमा-ओमसतिया क्षेत्रबाट घनश्याम पौडेल शर्मा र शतिश सापकोटा, देवदह-रोहिणी क्षेत्रबाट चक्रपाणी तिवारी, सैनामैना-कञ्चन-गैडहवा क्षेत्रबाट कृष्णप्रसाद पोखरेल र शुद्धोधन-सियारी क्षेत्रबाट टंकनारायण आचार्य निर्वाचित भएका छन् ।

सिद्धार्थनगर, मायादेवी, लुम्बिनी सांस्कृतिक, कोटहीमाई, समरीमाई र मर्चवारी क्षेत्रका पद भने उम्मेदवार नपरेका कारण खाली रहेका छन् ।

३३ सदस्यीय कार्यसमितिमा ३१ जना अधिवेशनबाट निर्वाचित र दुई जना अध्यक्षद्वारा मनोनीत हुने प्रावधान अनुसार बाँकी पदहरू पहिलो बैठकमार्फत मनोनीत गरिने बताइएको छ । नयाँ कार्यसमितिले शनिबार नै पदस्थापन गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : ३६ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका