काठमाडौं । नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट औपचारिक रूपमा सन्यास घोषणा गरेका छन् । आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि उनले सन्यास लिएका हुन् ।
भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेसमा सहभागिता जनाएको थियो । आइतबार भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएपछि नेपालको यात्रा प्रतियोगितामा समाप्त भएको हो ।
शनिबार भारतलाई पराजित गरेको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग हार व्यहोर्दै समूह चरणमै बाहिरिएको थियो ।
यूएईसँगको खेलपछि हङकङ सिक्सेस आयोजक समितिले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शरद भेषावकरको बिदाइको भिडियो सार्वजनिक गर्दै उनको योगदानप्रति सम्मान व्यक्त गरेको छ ।
भेषावकर नेपाली क्रिकेटको इतिहासमा एक महत्वपूर्ण नामका रूपमा परिचित छन् । उनले लामो समयसम्म राष्ट्रिय टिमका लागि सानदार प्रदर्शन गर्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिएका थिए ।


















प्रतिक्रिया