१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



काठमाडौं । नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट औपचारिक रूपमा सन्यास घोषणा गरेका छन् । आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि उनले सन्यास लिएका हुन् ।

भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेसमा सहभागिता जनाएको थियो । आइतबार भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएपछि नेपालको यात्रा प्रतियोगितामा समाप्त भएको हो ।

शनिबार भारतलाई पराजित गरेको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग हार व्यहोर्दै समूह चरणमै बाहिरिएको थियो ।

यूएईसँगको खेलपछि हङकङ सिक्सेस आयोजक समितिले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शरद भेषावकरको बिदाइको भिडियो सार्वजनिक गर्दै उनको योगदानप्रति सम्मान व्यक्त गरेको छ ।

भेषावकर नेपाली क्रिकेटको इतिहासमा एक महत्वपूर्ण नामका रूपमा परिचित छन् । उनले लामो समयसम्म राष्ट्रिय टिमका लागि सानदार प्रदर्शन गर्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ०१ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका