२३ चैत्र २०८२, सोमबार | April 6, 2026

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको नयाँ नेतृत्वमा रितु थापा सर्वसम्मत चयन



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १७ औँ साधारणसभा तथा ९ औँ अधिवेशनले रितु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा रेशम खनाल, द्वितीय उपाध्यक्षमा बिधान कार्की, महिला उपाध्यक्षमा रेनु राना मगर, सचिवमा दीपक दर्लामी मगर, कोषाध्यक्षमा सागर खड्का, सह-सचिवमा कृष्ण अर्याल र सह-कोषाध्यक्षमा विष्णु श्रीपाली चयन भएका छन् ।

साथै, महिला सदस्यमा सम्झना रणपाल, लालमाया थापा मगर, कोपिला न्यौपाने, कल्पना कुसुम, खुला सदस्यहरूमा समीक्षा गैरे विष्णु सिन्जाली मगर अमृत पौडेल, हेमबहादुर सिन्जाली मिसन, पुष्कर सारु मगर, भुवन अधिकारी, सीता कार्की, बसन्ता खनाल, र सम्झना खत्री सहित २४ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष थापाले निर्वाचनपछि प्रतिक्रिया दिँदै लोकदोहोरीको समृद्धि र संरक्षणका लागि अग्रज तथा अनुज कलाकारहरूको सहकार्यमा प्रतिष्ठानलाई अझ माथि उठाउने प्रतिबद्धता जनाइन् । उनले विगत १२ वर्षदेखि संस्थामा विभिन्न जिम्मेवारी वहन गर्दै आएको अनुभवका आधारमा सिर्जनात्मक अधिकारको संरक्षणमा न्याय दिलाउने वाचा पनि गरिन् ।

समितिलाई प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले शपथ ग्रहण गराउँदै नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । निर्वाचन मण्डलमा खिमानन्द भट्टराई, लक्ष्मण खड्का, दिपु मगर, दामोदर घिमीरे, प्रचण्ड जिसी र मिलन गाहाले सहजीकरण गरेका थिए ।

निर्वाचन प्रक्रिया सहज बनाउन र सर्वसम्मत नेतृत्व चयनका लागि दीपक गरौजा, दिपु मगर, प्रचण्ड जिसी, डिल्लीनारायण पाण्डे र खिम हमाल लगायतका अग्रज कलाकारहरूले विशेष भूमिका खेलेका थिए ।

यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । यससँगै लुम्बिनी प्रदेशअन्तर्गतका १२ वटै जिल्लामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अधिवेशन सम्पन्न भई सर्वसम्मत नेतृत्व चयन भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ५९ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक