काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ ।
आइतबार राति बसेको बैठकले यसअघि तय गरिएको ‘नेपाल जनसेवा पार्टी’ नाम फेरेर ‘उज्यालो नेपाल’ नाममै निर्वाचन आयोगमा दर्ता गराउने निर्णय गरेको हो। पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ रहनेछ ।
पार्टी दर्ताका लागि पूर्व सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रारम्भिक चरणमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिने तयारी छ भने तत्कालका लागि अन्य पदाधिकारी तोकिएको छैन ।
घिसिङ निकट एक नेताका अनुसार, “अहिले माइन्युट र हस्ताक्षरको काम भइरहेको छ । सम्भव भएसम्म आज (सोमबार) साँझभित्रै आयोगमा दर्ता गर्ने प्रयास हुनेछ, नभए भोलि दर्ता हुनेछ ।”
उक्त स्रोतका अनुसार, दोस्रो चरणमा थप पदाधिकारी र प्रदेशस्तरका संरचना विस्तार गरिनेछ। पार्टीका संस्थापक सदस्यहरूको नाम टुंग्याउने छलफल अहिले जारी छ ।


















प्रतिक्रिया