काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार बिभिन्न १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा जिम्मेवारी हेरफेर भएको हो ।
यसरी सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका, लेटाङ नगरपालिका, भीमेश्वर नगरपालिका मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा जिल्ला समन्वय अधिकृत रहेका छन् ।
त्यस्तै, अधिकृतको दरबन्दी भएका स्थानीय तहमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीको दवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, नुवाकोटकै मेधाङ गाउँपालिका, रहेका छन् ।
रुपन्देहीको सियारी गाउँपालिका, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको समेत सरुवा गरिएको छ ।


















प्रतिक्रिया