२३ भदौ २०८३, मंगलबार | September 8, 2026

प्रहरी महानिरीक्षक खापुङको बिदाइ



काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी सेवामा रहँदा देखाएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरी कर्मचारीको मनोबल उच्च रहेको बताएका छन् ।

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए । उनले भने, “अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरुको योगदान यो मुलुकले अपेक्षा गरिरहने छ ।”

गृहसचिव रामेश्वर दङ्गालले प्रहरी सङ्गठनको नेतृत्वमा रहेर खापुङले देखाएको कार्यकुशलता प्रसंशनीय रहेको बताए । प्रहरी महानिरीक्षक खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : ४१ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३