८ माघ २०८२, बिहिबार | January 22, 2026

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ काठमाडौंमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए ।

उनले जलविद्युत्, सांस्कृतिक सम्पदा र मानव संसाधन नेपालको विकासका निम्ति प्रचुर सम्भावना भएका क्षेत्र भएकाले तिनलाई नै प्राथमिकतामा राखेर कोरियाले साझेदारको भूमिका निर्वाह गरेको बताए ।

समारोहमा कोरियाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, उद्यमी-व्यवसायी, सञ्चारकर्मी, कामको सिलसिलामा नेपालमा रहेका कोरियाली नागरिकको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ७ : ५० बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको