१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘हाउस किपिङ’की कर्मचारीलाई प्रमुख अतिथि बनाएर पौवाको १६ औं शाखाको चितवनमा उदघाटन



चितवन । नेपाली हस्पिटालिटी उद्योग नयाँ पहिचान बनाएको होटल पौवाले आफ्नो १६औं शाखाको आजबाट चितवनको भरतपुरमा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।कम्पनीमा ५ वर्षदेखि ‘हाउस किपिङ’मा कार्यरत कर्मचारी गीता विश्वकर्मालाई प्रमुख अतिथि बनाउँदै एक समारोहकाबीच उनैबाट रिवन काटेर होटलको उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदी, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डे, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको जानकारी दिए । विषम परिस्थितिकै बीचमा पौवाले १०० शाखा विस्तारको लक्ष्य सहित मिशन १०० योजना बनाएको उनले बताए ।

यस्तै होटलको समुद्घाटनको अवसरमा आजदेखि तीन दिनसम्म चल्ने ‘वृहत खाना प्रवर्धन महोत्सव’ सुरु भएको छ । नेपाली खाना प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा होटलका १६ वटै शाखाका तर्फबाट फरक फरक रैथाने स्वादहरु ग्राहकमाझ पस्कने पौवाले जनाएको छ । खाना प्रवर्धन कार्यक्रममा भरतपुर शाखासँगै जुम्ला, बुटवल, पाल्पा, काठमाडौँलगायत १६ शाखाको स्टल राखिएको छ ।

कार्यक्रममा चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको होटल पौवाको ब्राण्डिङ विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।

महोत्सव अवधिभर हरेक अतिथिलाई निःशुल्क बिभिन्न पौवाका परिकारको स्वाद उपलब्ध गराइने होटल पौवाका भरतपुर शाखाका सहायक महाप्रबन्धक विजय न्यौपानेले बताए ।

होटल पौवाको भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । होटलमा आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हल उपलब्ध छ । निकट भविष्यमै थप १२ कोठाको सुविधासम्पन्न आवास भवन निर्माणको चरणमा रहेको प्रबन्धक न्यौपाने बताए । यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाले प्रदान गर्नेछ ।

रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा आज चितवनमा १६औं शाखासम्म पुगेको छ । यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् । हाल नेपालगन्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्यांक्वेट र रेस्टुरेन्टबाट सेवा प्रवाह भैरहेको छ । पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्ड स्केपिङको काम भैरहेको छ ।

स्थानीय खाना बनाउन पोख्त महिला सेफहरुबाट नेपालगन्ज र भैरहवामा नेपाली रैथाने स्वादसहितको नेपाली खाना “भातभान्छा” समेत सञ्चालनमा रहेको छ । देशभर १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ९ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा