९ माघ २०८२, शुक्रबार | January 23, 2026

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने



पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

कालोपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो ।

सवारीसाधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन् ।

कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका ८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा दुई लेनको सडक स्तरोन्नति भइरहेको छ । उक्त सडक बन्दको समयमा मालढुंगा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक प्रयोग गर्न सकिन्छ ।

ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरिह हुँदा विसं २०७७ साल चैत्र महिनामा रु ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।

म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : ३८ बजे

सभापति निर्वाचित भएपछि कांग्रेस केन्द्रीय कार्यालयमा सभापति थापाको पहिलो प्रवेश

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन

व्यवस्थित र मर्यादित भएर संसद्को जिम्मेवारी पूरा गर्न राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा विघटनको वर्तमान

चितवनमा साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी

गोरखा-२ बाट डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गोरखा–२

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले फिर्ता लिए उम्मेदवारी

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा देखिएको उम्मेदवारसम्बन्धी विवाद