२२ चैत्र २०८२, आइतबार | April 5, 2026

बुटवलका ३४४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति, उपमहानगरपालिकाले लियो परीक्षा



बुटवल । बुटवल उपमहानगरपालिका अन्तर्गतका १३ संस्थागत विद्यालयमा कक्षा ११ अध्ययनरत तीन हजार ४३६ मध्ये ३४४ जना विद्यार्थीले यस वर्ष निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने भएका छन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयहरूमा स्वयं परीक्षा सञ्चालन गरेर छात्रवृत्ति प्राप्तकर्ताको छनोट गरेको हो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयका अनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कक्षा १२ पनि निशुल्क अध्ययन गर्न पाउनेछन् । छात्रवृत्तिलाई पारदर्शी र समान पहुँच सुनिश्चित गर्न विद्यालय र उपमहानगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गरी परीक्षा लिएको नगर प्रमुख पाण्डेयले जानकारी दिए ।

विद्यार्थी छनोटका लागि परीक्षा व्यवस्था विद्यालयले गरे पनि परीक्षाको अनुगमनका लागि उपमहानगरपालिकाबाट कर्मचारी खटाइएको अनुगमन शाखा प्रमुख ठगिश्वर बस्यालले बताए । यस प्रणालीले छात्रवृत्ति वितरणमा पारदर्शिता र निष्पक्षता बढाएको उनको भनाइ छ ।

यसअघि संस्थागत विद्यालयहरूले आफ्नै निर्णयअनुसार गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गर्दै आएका भए पनि पछिल्ला वर्षमा स्थानीय तहको प्रत्यक्ष व्यवस्थापनमा परीक्षा लिएर छात्रवृत्ति वितरण गर्ने प्रचलन सुरु भएको हो । अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषालका अनुसार प्रश्नपत्र पनि उपमहानगरपालिकाको शिक्षा शाखाले नै तयार पारेको छ ।

उपाध्यायले छात्रवृत्तिको १० प्रतिशत कोटा बाहेक आर्थिक अभावका कारण पढ्न नसक्ने अन्य विद्यार्थीका लागि पनि विद्यालयले सम्भाव्य सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : १३ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा