१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

संसद् पुनर्स्थापनाको मागसहित अदालत र सडकमा जाने ओलीको चेतावनी

वर्तमान सरकारले चरम भ्रष्टाचार गरेको आरोप



काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) अदालतमा जाने भएको छ।

मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्। उनले यससँगै सडक आन्दोलन पनि सँगसँगै चलाइने बताए।

ओलीका अनुसार प्रतिनिधिसभा विघटन पूर्ण रूपमा असंवैधानिक छ र यसबाहेक अन्य कुनै वैकल्पिक निर्णय गर्ने अधिकार अदालतसँग छैन। “आजको बैठकबाट हामी कानुनी लडाइँमा जान्छौँ । अर्को, सडक संघर्षमा पनि जान्छौँ । दुबै उपाय अवलम्बन गर्छौँ,” उनले भने।

ओलीले आफू नेतृत्वमा रहेको सरकारले अहिलेको जस्तो खुलेआम भ्रष्टाचार उन्मुक्त वातावरण नभएको दाबी गरे। उनले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिइ विद्युत् खरिद तथा विदेशी कम्पनीलाई कर छुट दिइ कमिसन लिनेजस्ता विवादमा सरकार मुछिएको आरोप लगाए।

उनका अनुसार आफ्ना पालामा केही कमजोरी भए पनि अहिलेका जस्तो चरम भ्रष्टाचार, कुशासन, विकासहीनता र राजनीतिक अन्यौलता देखिएको थिएन। देश समृद्धितर्फ अघि बढिरहेको बेला अनावश्यक रूपमा यस्तो अवस्था सिर्जना गरिएको उनको आरोप छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ४ : ०८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा