२२ मंसिर २०८२, सोमबार | December 9, 2025

बुटवलको लक्ष्मीनगरमा रहेको लक्ष्मी माविमा मंसिर १९ देखि २६ गतेसम्म श्रीमद्भागवत धार्मिक महोत्सव हुने



बुटवल । ‘शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ लक्ष्मी माध्यमिक विद्यालय बुटवलले श्रीमद्भागवत सत्संग एवं शैक्षिक तथा धार्मिक महोत्सव-२०८२ सञ्चालन गर्ने भएको छ । बुटवलकै गहना र पर्यटकीय गन्तव्यका रुपमा परिचित बुटवल-४ स्थित लक्ष्मी माध्यमिक विद्यालयले यही मंसिर १९ गतेदेखि २६ गते सम्म बिद्यालय प्राङगणमा विशाल धार्मिक महोत्सव गर्न लागेको हो ।

महोत्सव तथा महायज्ञ मूल समारोह समितिद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षाको उन्नयन, सामाजिक, धार्मिक तथा आर्थिक पक्षलाई बलियो बनाउन धार्मिक महोत्सव आयोजना गर्न लागेको बताइन् ।

उनले सामुदायिक विद्यालयप्रति आम अभिभावक र समाजको विस्वास अभिवृद्धि गर्नका लागि संस्कारयुक्त वातावरण निर्माण गर्दै युवापुस्तालाई धर्म, नीति र शिक्षामा प्रेरित र जिम्मेवार नागरिक बनाउन महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताईन् । विद्यालयका प्रधानाध्यापक शान्ति शर्माले यो महोत्सव धार्मिक कार्यक्रम मात्र नभई विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि समाजमा रहेका प्रत्येक धर्मानुरागी, शिक्षाप्रेमी, दानवीर एवं सज्जनवृन्दको साथ र सहयोगले विद्यालयको प्रविधिमैत्री शिक्षाका लागि योगदान पुग्ने बताइन् ।

उक्त कार्यक्रममा बुटवल-४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेलले महायज्ञले विद्यालयको उन्नयनमा विशेष योगदान पुग्ने हुँदा सबै क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त हुनेमा आफू विस्वस्त रहेको बताए । बुटवल-४ का निवर्तमान वडा अध्यक्ष टंकप्रसाद पराजुलीले विद्यालयको आर्थिक तथा शैक्षिक विकासका लागि महायज्ञको आयोजना गरिएको हुँदा समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने बताए ।

पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार तथा महायज्ञ मूलसमितिका सल्लाहकार एवं प्रचारप्रसार उपसमितिका संयोजक डा. बालकृष्ण चापागाईंले लक्ष्मीनगरमा रहेको लक्ष्मी मा.वि.को शैक्षिक तथा भौतिक पूर्वाधारको विकासका लागि महायज्ञ कोशेढुङ्गा सावित हुने बताए ।

त्यस्तैगरी विद्यालयका निवर्तमान अध्यक्ष बाबुबराम ढकाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे तथा विभिन्न राजनीतिक दलबाट महेन्द्र भुसाल, गंगा पन्थी, शरद वली, अरुण श्रेष्ठ, सर्वजित केसी, गोकर्ण ज्ञवाली, प्रकाशचन्द्र सुवेदी, सुदन श्रेष्ठ, सन्तोष थापालगायतले मन्तव्य राख्दै महायज्ञ सफल पार्न सबै क्षेत्रको भूमिका आवश्यक हुने बताए ।

महायज्ञमा सुप्रसिद्ध कथावाचक पण्डित चन्द्रकान्त काफ्लेको मुखारबिन्दुबाट दिव्य संगीतमय श्रीमद्भागवत कथा वाचन हुनेछ । महोत्सव अवधिभर दैनिकरुपमा बिहान ७ बजे यज्ञ मण्डप पूजा, बिहान ८ बजेदेखि ११ बजेसम्म श्रीमद्भागवत पाठपारायण, रुद्राभिषेक, चण्डीपाठ, वेदपाठ पारायण हुनेछ ।

त्यस्तैगरी दिउँसो ४ बजेपछि टीका प्रसाद ग्रहण, साँझ ६ बजेदेखि श्रृङ्गारिक महाआरती आरम्भसंगै साँझ ७ बजेदेखि महात्म्य कथा प्रवचन, भजनकृतनसहित झाँकी प्रदर्शन गर्दै प्रत्येक दिन बिहान योग शिविर समेत सञ्चालन गरिनेछ ।

सोही अवसरमा धर्म, शिक्षा र समाज उत्थानमा योगदान गर्ने महानुभावहरुलाई विशेष सम्मान समेत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विं. सं. २०३७ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक महायज्ञ गर्न लागेको हो । महायज्ञका लागि १ सय ५१ सदस्यीय मूलआयोजक समिति गठन भएको छ ।

महायज्ञमा करिब १२ लाख खर्च हुने र ४ करोडको संकलन हुने अनुमान गरिएको छ । उक्त विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट पढाईंसंगै २ सय १६ जना विद्यार्थीहरुले अध्यन गर्दै आएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ६ : २३ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट