२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एनपीएलमा आज काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा आज सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा काठमाण्डू गोर्खाज आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले निराश बनाएको थियो ।

यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो । यसअघि, यी दुई टिमले पहिलो संस्करणमा एकपटक एक-अर्काविरुद्ध प्रतिस्पर्धा गरेको थिए । लिग चरणको उक्त खेलमा सुदूरपश्चिमले काठमाण्डूविरुद्ध ७३ रनको सहज जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा हालसम्म तीन खेल सम्पन्न भइसक्दा काठमाण्डूसँगै चितवन राइनोज र विराटनगर किंग्सले जित निकालेका छन् । यता, साविक विजेता जनकपुरसँगै पोखरा एभेन्जर्स र कर्णाली याक्सले दोस्रो संस्करणको सुरुआत हारबाट गरेका छन् । प्रतियोगितामा लुम्बिनी लायन्सले भने अझै खेल्न बाँकी छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : १४ बजे

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा