६ श्रावण २०८३, बुधबार | July 22, 2026

विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा, सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ४० रनले पराजित बनेपछि विराटनगर किङ्सको यात्रामा पूर्णविराम लागेको छ । प्रतियोगितामा तेस्रो स्थानमा रहँदै विराटनगरले सिजन समाप्त गरेको हो ।

दोस्रो क्वालिफायरको विजेता लुम्बिनी अब उपाधिका लागि पहिलो क्वालिफायर जित्दै पहिले नै फाइनल पुगेको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३५ रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगर १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९४ रनमै समेटियो । लुम्बिनीले ४० रनको सहज जित निकाल्दै फाइनलमा स्थान पक्का गर्‍यो ।

विराटनगरको सुरुआत नै कमजोर रह्यो । पहिलो ओभरमै ओपनर मार्टिन गप्टिल २ रनमा र लोकेश बम ‘डक’मा आउट हुँदै पभेलियन फर्किए । रुवेन ट्रम्पेलमनको ओभरको पाँचौँ बलमा गप्टिल र अन्तिम बलमा लोकेश आउट भएका थिए । अर्का ओपनर फाफ डु प्लेसी पनि ३ बल सामना गरेर २ रनमै शेर मल्लको बलमा बोल्ड भए ।

प्रारम्भिक तीन विकेट सस्तामै गुमेपछि साम हिजलेटले टोली उकास्ने प्रयास गरे। उनले २८ बलमा सर्वाधिक ३४ रन प्रहार गरे । चौथो विकेटपछि क्रिजमा आएका मर्चेन्ट डी ल्याङ्गेले २० बलमा १७ रन बनाएका भए पनि टिक्न सकेनन् ।

७ विकेट पतन भएपछि आएका नरेन भट्टले दोस्रो सर्वाधिक २१ रन जोडे तर अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् । बलिङतर्फ लुम्बिनीका बलरहरूले निरन्तर दबाब कायम राख्दै विराटनगरलाई खेलभर नियन्त्रणमा राखे ।

अब एनपीएल सिजन-२ को उपाधि मंसिर २७ गते हुने फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच टुङ्गिनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ७ : १५ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको