२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एनपीएलमा ‘म्याच फिक्सिङ’ प्रयास : भारतीय नागरिकसहित दुई पक्राउ



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सट्टाबाजी र ‘म्याच फिक्सिङ’को प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक र भारतमा बसोबास गर्दै आएकी एक नेपाली युवती रहेका छन् ।

प्रहरीका अनुसार भारतको हरियाणा, पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई हाल भारतको चण्डीगढ बस्ने २४ वर्षीया रेविका सिंह ठकुरीलाई मंगलबार (मंसिर २ गते) लाजिम्पाटबाट पक्राउ गरिएको हो ।

विशेष प्रहरी टोलीले गरेको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले ह्वाट्सएप र इन्स्टाग्राममार्फत एनपीएलमा सहभागि खेलाडीहरूसँग सम्पर्क गर्दै प्रायोजनको बहाना बनाइ नजिकिने गर्थे । त्यसपछि खेलको नतिजामा प्रभाव पार्ने उद्देश्यले आर्थिक प्रलोभन समेत दिने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : १४ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल