काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सट्टाबाजी र ‘म्याच फिक्सिङ’को प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक र भारतमा बसोबास गर्दै आएकी एक नेपाली युवती रहेका छन् ।
प्रहरीका अनुसार भारतको हरियाणा, पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई हाल भारतको चण्डीगढ बस्ने २४ वर्षीया रेविका सिंह ठकुरीलाई मंगलबार (मंसिर २ गते) लाजिम्पाटबाट पक्राउ गरिएको हो ।
विशेष प्रहरी टोलीले गरेको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले ह्वाट्सएप र इन्स्टाग्राममार्फत एनपीएलमा सहभागि खेलाडीहरूसँग सम्पर्क गर्दै प्रायोजनको बहाना बनाइ नजिकिने गर्थे । त्यसपछि खेलको नतिजामा प्रभाव पार्ने उद्देश्यले आर्थिक प्रलोभन समेत दिने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।


















प्रतिक्रिया