२९ माघ २०८२, बिहिबार | February 12, 2026

हर्मितको आक्रमक अर्धशतकमा सुदूरपश्चिमले काठमाण्डूलाई दियो १४८ रनको लक्ष्य



काठमाडौं । हर्मित सिंहको विस्फोटक अर्धशतकको सहायतामा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । शीर्ष तथा मध्यक्रम छिट्टै पतन भए पनि हर्मित र कप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेवारीपूर्ण साझेदारीपछि सुदूर प्रतिस्पर्धात्मक स्कोरमा पुग्न सफल भयो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो ।

सुदूरका हर्मितले २० बलमा दुई चौका र छ वटा छक्कासहित ५३ रनको आतङ्कपूर्ण इनिङ खेले । त्यस्तै, कप्तान ऐरीले ३० बलमा तीन चौका र एक छक्कासहित ३९ रन जोडे । ७२-६ को अवस्थामा रहेका यी दुईले सातौँ विकेटका लागि ६१ रनको महत्वूर्ण साझेदारी निर्माण गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए ।

सुदूरपश्चिमले १६ औँदेखि १८ औँ ओभरको दोस्रो बलसम्म १४ बलमा नै ५३ रन जोड्दै इनिङलाई उकासेको थियो । तर १८ औँ ओभरको तेस्रो बलमा ऐरी आउट भएपछि रन गति पुनः सुस्त बन्यो ।

ओपनरद्वय विनोद भण्डारी र जस ब्रोन पहिलो ओभरमै ‘डक’ हुन पुगे । अस्ट्रेलियन पावर-हिटर क्रिस लिन मात्र दुई रनमा सीमित रहे । आसिफ शेखले २५, इसान पाण्डेले ११ तथा नरेन साउदले ६ रन बनाए । बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।

काठमाण्डूका कप्तान करण केसी बलिङमा चम्किए । उनले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। यस्तै, मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले समान २-२ विकेट हात पारे ।

यो खेल काठमाण्डूको दोस्रो हो । काठमाण्डूले पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो। सुदूरपश्चिम भने यस सिजनको पहिलो खेल खेल्दै छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : ५१ बजे

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

दाङ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने