१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सानेपामा बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज मंसिर ४ गते पनि बस्दैछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश समितिका सभापतिहरूलाई सहभागी हुन भनिएको छ ।

गत असोज २८ गतेबाट सुरु भएको बैठकमा कात्तिक २७ गतेसम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि कात्तिक २९ र मंसिर १ गते बस्ने भनिएका बैठकहरू स्थगित गर्दै फेरि आजका लागि निर्धारण गरिएको हो । चलिरहेको बैठकले पार्टीको १५ औँ महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनसम्बन्धी महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

महाधिवेशनको मिति तय गर्ने विषयमा भने नेताहरूबीच अझै एकमत बन्न सकेको छैन । महामन्त्री गगन थापाले कात्तिक १९ गते पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए । त्यसको जवाफमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने वैकल्पिक कार्यतालिका प्रस्तुत गरेका थिए ।

यसबीच, कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहले बैठकमार्फतै विशेष महाधिवेशनको मिति र स्थान टुंगो लगाउन दबाब दिएको छ । बुधबार पत्रकार सम्मेलन गरेका देवराज चालिसे, गुरुराज घिमिरेलगायत नेताहरूले करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको सम्मान गर्दै विशेष महाधिवेशनको मिति छिटो निर्धारण गर्न माग गरेका छन् ।

आजको बैठकले लामो समयदेखि जारी पार्टीभित्रको असमझदारी अन्त्य गरी संगठनात्मक मार्गचित्र स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ८ : ५३ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल