काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन जोड्यो ।
सुरुवाती तीन विकेट सस्तैमा गुमाउँदा चितवनको ब्याटिङ लाइनअप दबाबमा परेको थियो । तर रवि बोपाराले इन्निङ सम्हाल्दै उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले ५५ बलमा ४ चौका र ३ छक्कासहित ६६ रन बनाए । यो सिजनमा बोपाराको दोस्रो अर्धशतक हो ।
ओपनर दीपक बोहोरा र डेविड मलान सस्तामा आउट भए । तेस्रो नम्बरमा आएका देव खनालले १९ बलमा १४ रन मात्र बनाए । कप्तान कुशल मल्लले १८ बलमा २१ रन जोडेर फर्किए । सैफ जैबले ७ बलमा १५ रन प्रहार गरे। बाँकी ब्याटरहरूको प्रदर्शन उल्लेखनीय हुन सकेन ।
लुम्बिनी लायन्सतर्फ बलिङमा रुबेन ट्रम्पेलम्यान उत्कृष्ट रहे । उनले डेविड मलान, कुशल मल्ल र सैफ जैबका विकेट लिए । अभिषेकले ओपनर दीपक बोहोरा र देव खनाललाई पभेलियन फर्काए । गुलबदिन नैबले चार ओभरमा २ विकेट लिए, जसमा सर्वाधिक रन बनाउने रवि बोपारालाई समेत समावेश गरेका थिए । सोहेल तन्वीर पनि उनीकै बलमा आउट भए ।


















प्रतिक्रिया