२१ चैत्र २०८२, शनिबार | April 4, 2026

लुम्बिनी लायन्सको विजयी सुरुआत, चितवन राइनोज ६ विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकाल्दै विजयी अभियान सुरू गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १४२ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमै चार विकेट गुमाएर पुरा गर्‍यो ।

लुम्बिनीका गुलबद्दिन नैबले अविजित ४४ रनको शानदार इनिङ खेल्दै टिमको जित सुनिश्चित गरे । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले पनि ४४ बलमा एक चौकासहित ३९ रन जोडी महत्त्वपूर्ण साथ दिए । ८१-३ को स्थितिबाट दुवैले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै लुम्बिनीलाई सहज जितसम्म पुर्‍याए ।

ओपनर सन्दीप जोराले २८ रन जोड्दा डी‘एर्सी शर्टले ११ रन बनाए । दिलिपनाथ १० रनमा रनआउट भएका थिए। चितवनका रिजन ढकालले दुई विकेट लिए भने सोहेल तान्विरले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४२ रन बनाएको थियो । चितवनका मध्यक्रम व्याटर रवि बोपाराले ६६ रनको उत्कृष्ट पारी खेले । उनले चार चौका र तीन छक्का प्रहार गर्दै लगातार दोस्रो अर्धशतक समेत दर्ता गरे । कप्तान कुशल मल्लले २१ रन थपे भने सैफ जैबले सात बलमा १५ रन बनाए ।

लुम्बिनीका रुबेन ट्रम्पेलमानले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । अभिषेक गौतम र गुलबद्दिन नैबको नाममा दुई-दुई विकेट रह्यो ।

यो चितवनको दोस्रो खेल हो । पहिले खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो भने लुम्बिनीको यो पहिलो खेलमा शानदार जित हो ।

भोलि (शुक्रबार) पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ७ : ३७ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ