२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

पोखरा एभेन्जर्स नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने छ । उत्कृष्ट आक्रमक ब्याट्सम्यानका रूपमा चिनिने कुशलले अघिल्लो खेलमा प्रहार गरेको शक्तिशाली सिक्सले स्टार स्पोर्ट्सको कमेन्ट्री बक्सको सिसासमेत फुटेको घटना चर्चामा छ ।

उता, सुदूरपश्चिम रोयल्स राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा खेल्नेछ । बल, ब्याट र फिल्डिङ तीनै विभागमा प्रभाव जमाउन सक्ने क्षमताका कारण दीपेन्द्रलाई रोक्न विपक्षी टोली चुनौतीपूर्ण मानिन्छ । यी दुई स्टार खेलाडीको कप्तानीमा रहेको टिमबीचको प्रतिस्पर्धालाई निकै रोचक रूपमा हेरिएको छ ।

लिगमा दुवै टोलीले एक-एक खेल खेलेका छन् । विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले हाल समग्रमा दुई-दुई अंक जोडिसकेका छन् । त्यस्तै काठमाण्डू र चितवनले पनि दुई-दुई अंक बटुलेका छन् । जनकपुर, पोखरा र कर्णाली भने अहिलेसम्म अंकविहीन छन् । आजको खेल पोखराका लागि प्रतियोगितामा पुनरागमन गर्ने अवसर मानिएको छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ३६ बजे

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी