२२ माघ २०८२, बिहिबार | February 5, 2026

नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस



नवलपुर । बर्दघाट-सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको छ । जिल्लाको पहाडी भूभाग बुलिङटार गाउँपालिका-४ स्थित जनप्रिय आधारभूत विद्यालय टाँडीस्वारा मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।

जिल्ला मतदानस्थल निर्धारण समितिको सिफारिसमा एउटा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार खोलाले गाउँलाई बीचबाट काटेपछि साविकको मतदानस्थलमा जान करिब छ किलोमिटर टाढा पर्ने भएकाले मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । गएको बर्खामा खोलामा आएको बाढीले गाउँलाई बीचबाट काट्यो, जसले गर्दा पुरानो मतदानस्थल जान छ किलोमिटर टाढा पर्ने भयो । ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई मतदानस्थलसम्म पुग्न समस्या हुने भएपछि मतदानस्थल थप गर्न सिफरिस गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र रहेको भन्दै शर्माले सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा आगामी निर्वाचनमा एक सय १४ मतदानस्थलमा तीन सय तीन मतदान केन्द्र हुने जानकारी दिनुभयो । सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेपछि जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको सङ्ख्या उल्लेख्य रहेको शर्माले बताए ।

“सरकारले निर्वाचनको मिति घोषणा गरेपछि तीन हजार ७९ जनाले फोटोसहितको नामावलीमा नाम दर्ता गराउनुभएको छ”, उनले भने, “यसपटक नाम दर्ता गराउनेमा अधिकांश जेनजी उमेर समूहका युवा रहनुभएको छ ।” उनका अनुसार सरकारले निर्वाचन मिति घोषणा गर्नुअघि जिल्लामा दुई लाख ६७ हजार मतदाता रहेका थिए । अहिले फोटो खिचाएका कति जनाको मतदाता परिचयपत्र आउने भन्ने कुरा केही दिनमा निर्धारण भएर आउने शर्माले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा दुई लाख ६० हजार ४६१ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिनिधिसभा सदस्य र चारवटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन् । अघिल्लो निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता प्रा डा शशाङ्क कोइराला र क्षेत्र नं २ बाट नेपाली कांग्रेसकै नेता विष्णु कार्की निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ५९ बजे

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र गाडी चालक फरार

जनकपुरधाम । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक